नेपाली कांग्रेसका नेता स्वर्गीय रामजी कुँवर पार्टीको सच्चा सिपाही भएको बताइएको छ । कुँवरको १२ औं दिनको तिथिमा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आयोजित शोक सभामा नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सिंगो ट्रेड युनियन मुभमेन्ट बुझेको, पार्टीमा असल चरित्रका हिस्सेदार भएको बताए ।

नेता केसीले भने, ‘चिनजान हुँदादेखि उनको शैली, त्यागी भावना र असल स्वभावले नै मलाई मन परेको नेता हो ।‘ उनले थपे रामजीको सम्मानमा ट्रेड युनियन कांग्रेसले स्मारिका प्रकाशन गरेर सच्चा सम्मान गर्नसमेत आग्रह गरे ।


कास्की ट्रेड युनियन भवनलाई रामजी कुँवरको सम्मान हुनेगरी योजना बनाए पार्टीमा लाग्ने सवैको हित हुने धारणा व्यक्त गरे । रामजी कुँवरको सम्मानमा आफूले कुनै कसर बाँकी नराख्ने बताउँदै उनीजस्तै कार्यकर्ताको सम्मान सधै हुनुपर्ने केसीले बताए ।


कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले रामजीकोमात्र निधन भएको होइन उनी नरहँदा कास्कीले धेरै हारेको बताए ।

शोकसभामा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले असल अभिभावक गुमाउँदा जसरी घर विग्रन्छ त्यसरी नै ट्रेड युनियन कांग्रेसलाई ठूलो क्षति पुगेको बताए ।

पोखरा ६ वैदाममा जन्मेका कुँवरबाट पार्टी र संगठनले धेरै ज्ञान आर्जन गर्न सक्ने भन्दै नेता कार्कीले उनको निधनले पु¥याएको क्षति मापन गर्ने कुनै संन्यन्त्र नभएको दुःखेसो पोखे ।


गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा भएको सभामा शोक सभामा कांग्रेस नेता जगदिश्वर नरसिंह केसी, केदारनरसिहं केसी, एनटियुसीका उपमहासचिव राजेश पालिखे, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य रस्सा गुरुङ, कास्की अध्यक्ष विजयराज भण्डारी, वरिष्ठ पत्रकार गंगाधर पराजुली, तेजप्रसाद रिजाल, कास्की सचिव रुद्रप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए ।


शोकसभामा श्रमिक नेता मुक्तिराम श्रेष्ठले २०३८ साल सम्झदै रामजी कुँवरको त्याग, योगदान र सरल जीवनको चर्चा गरेका थिए । नेता कुँवरको निधनमा आइएलओ, विडब्लुआई, जिलाफ जापान लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले समवेदना व्यक्त गर्दै ट्रेड युनियन क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय संस्थाले उहाँबाट सिक्नुपर्ने विषय नेपालमा मात्र नभएर ट्रेड युनियन आवद्ध हरेक देशमा रहेको बताएका छन् । मजदुर नेता स्वर्गीय कुँवरले ट्रेड युनियन कांग्रेसले सधैं वर्गीय मुद्धा उठाउन सकेमात्र न्याय हुने बताउँदै आएको स्मरण गरेका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 288 Viewed

प्रतिक्रिया दिनुहोस्