नयाँ प्रधानमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मङ्गलवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन्।

देउवा मङ्गलवार दिउँसो प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

राष्ट्रपति कार्यालयले निकालेको वक्तव्यमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलाअनुसार उनलाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख छ।

सर्वोच्च अदालतको संवैधानकि इजलासले गरेको फैसलापछि संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नुपर्ने अवस्था आएको हो।

शपथग्रहण समारोहमा देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको उल्लेख गरिएको छ।

त्यसअघि नियुक्तिमा संविधानको धारा उल्लेख नगरिएको भनी देउवाले त्यसलाई सच्याउन आग्रह गरेका थिए।

नियुक्तिबारेको भाषा विवादका कारण शपथग्रहण समारोह तोकिएको समयभन्दा करिब साढे दुई घण्टा ढिलो गरी भएको बताइएको छ।

मङ्गलवार साँझ ६ बजेका लागि तोकिएको उक्त समारोह करिब साढे ८ बजेमात्र भएको थियो।

अन्तिम पटक अध्यावधिक गरिएको 369 Viewed

प्रतिक्रिया दिनुहोस्