गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले गण्डकी प्रदेशमा बहुमुल्य जडीबुटी भएको प्रदेश भएको बताएकी छन ।
गण्डकी आयुर्बेद औषधालयको बार्षिक समिक्षा कार्यक्रममा उनले प्रदेशको माथिल्लो भागमा रहेको जिल्लाहरुमा पाईने जडिबुटीको प्रबद्धन बाट प्रदेशको आयुर्बेदिक पर्यटन समेत बिकास हुने बताइन ।
मानिसको जिवनशैली दैनिक रुपमा बिलासीतर्फ गईरहेको अबस्थामा प्राकृतिक उपचार प्रणाली, अर्गानिक खाना अनि औषधीय गुण भएका जडिबुटीको बिकास , संरक्षण, बिस्तारीकरण महत्वपुर्ण बिषय रहेकोमा उनले जोड दिइन ।
ग्रामिण भेगका जडिबुटी देखि बिस्व बजारमा बहुमुल्यमा बिक्रिी हुने जडिबुटीलाई राज्यले उचित ब्यबस्थापन गर्न आबस्यक रहेको उनको भनाई थियो । अहिलेको पछिल्लो कोरोना भाईरस संक्रमणले पनि खानपान र रहनसहनमा परिबर्तन आबस्यक रहेको चेतावनी मानवजाती लाई दिएको छ । हामीले यो अबस्थालाई पनि एउटा अबसरको रुपमा लिएर हाम्रा सम्पतीलाई बिस्व बजारमा बजारीकरण गर्न आबस्यक रहेकोमा उनले स्पष्ट पारिन ।
उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. बिनोद बिन्दु शर्मा ले सिमीत स्रोत साधनका बिचमा पनि गण्डकी आर्युबेद औषधालयले प्रगती गरेको बताए।
सरकारले यो क्षेत्रको बिकासका लागि आबस्यक पहल गर्ने र मन्त्रालयले समन्वय गर्ने उनले उल्लेख गरे । औषधालयका प्रमुख डा. कुमार कासुलाले रणनितिक तहगत समस्याहरुको पहिचान भएको र यसको निराकरण हुने अपेक्षा गरेको बताए ।
आयुर्बेदलाई बौद्धिक सम्पतीको रुपमा लिई राज्यले संरक्षण गर्न पर्नेमा उहाँको जोड थियो । उक्त कार्यक्रममा औषधालयले र्निमाण गरेको प्रदेश भित्रका आर्युबेदीक बिषयका जानकारी समेटिएकोे डायरी बिमोचन गरिएको थियो ।