नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड-१९ को खोप नि:शुल्क उपलब्ध गराउन लागेको बताएका छन्।

ट्विटमार्फत् राजदूत बेरीले नेपाल-अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो आफ्नो लागि अत्यन्तै खुशीको क्षण भएको पनि उल्लेख गरेका छन्।

केही समयदेखि अमेरिकाले एक मात्रा लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप नेपाललाई दिन लागेको बताइएको थियो।

तर अमेरिकाले उपलब्ध गराउने खोपको परिमाण हालसम्म खुलाइएको थिएन।

दुई साताअघि सरकारले गठन गरेको विज्ञ समितिका संयोजकले नेपालले कम्तीमा ६ लाख जोनसन एन्ड जोनसनको खोप प्राप्त गर्न लागेको बताइएकाे थियाे।

अन्तिम पटक अध्यावधिक गरिएको 209 Viewed

प्रतिक्रिया दिनुहोस्