जिल्ला प्रशासन कार्यालय कास्कीले लकडाउनको समय थप गरेको छ । आगामी साउन ५ गते राति १२ बजेसम्म लागु हुनेगरी लकडाउनको समय थपिएको कास्की प्रशासनले जनाएको छ ।

थप गरिएको निषेधाज्ञामा निजी तथा सार्वजनिक सवारी जोरबिजोर अनुसार संचालन हुनेछन् । त्यसैगरि विभिन्र पेसा, व्यवसाय तथा पसलहरु बिहान ५ बजे देखि साँझ ८ बजेसम्म खुल्ने भएका छन। प्रशासन कार्यालयका अनुसार औषधी तथा स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुला रहन पाउने छन् ।

तर निषेधाज्ञामा यस अघि जस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेण्ट, चिया तथा खाज पसल, मोटेल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटशल, खेलकूद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमि पुल, व्युटी पार्लर, शैलुनर फुटपाथ पसल लगायतका सेवा एवम् स्थलहरु खोल्न तथा संचालन गर्न रोक लगाइएको छ ।

कास्कीमा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी भएको थियो । असार २५ गते मध्यरातसम्म कायम निषेधाज्ञामा पुनः  थप गरी साउन ५ गतेसम्म पुर्याइएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीबाट जारी अादेश हेर्नुहाेस

अन्तिम पटक अध्यावधिक गरिएको 360 Viewed

प्रतिक्रिया दिनुहोस्