सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप लिन नेपाल वायुसेवा निगमको वाइडबडी बिहीबार साँझ चीनको बेइजिङ पुगेको छ । निगमका अनुसार चालकदलका १२ सदस्यसहित गएको जहाज शुक्रबार बिहान साढे ६ बजे काठमाडौं अवतरण हुने तालिका छ ।

पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याउँदै छ । यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो । उक्त कम्पनीसँग ३० लाख डोज खोप खरिदको सम्झौता भएको छ ।

खोप ल्याउने जिम्मा पाएको निगमले भाडाबापत सरकारसँग प्रतिघन्टा १४ हजार डलर हाराहारीका दरले भाडा लिने छ । निगमको वाइडबडी विमान यसपछि असार ३१ र साउन ७ मा बाकी खोप ल्याउन बेइजिङ जाने तालिका छ । चीन जानुअघि निगमको वाइडबडीले बिहीबार बिहान इजरायलबाट करिब १८ टन स्वास्थ्य सामग्री चार्टर गरेर काठमाडौं ल्याएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 189 Viewed

प्रतिक्रिया दिनुहोस्