सरकारले कोरोना खोप भेरोसेल खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति जारी गरी सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी दिएका हुन् । २४ असारबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने पनि जानकारी दिएका छन् ।

तर कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको खुलेकाे छैन।

नेपालले खोप खरीदको लागि प्रस्ताव राख्दा चीनले गोप्य सम्झौता गर्नुपर्ने बताएको थियो । खोप खरीदको लागि अन्य विकल्प बन्द भएपछि सरकार गोप्य सम्झौताको लागि तयार भएको बताइएकाे छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 306 Viewed

प्रतिक्रिया दिनुहोस्