पछिल्लो २४ घण्टामा नेपालमा थप २,८९२ जनामा कोरोनाभाइरस सङ्क्रमण र ४१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।
बुधवार पछिल्लो २४ घण्टामा ११,५६८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ४,५६८ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।
कुल परीक्षणको २५ प्रतिशतमा सङ्क्रमण देखिएको हो।
सो अवधिमा ३,५९७ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९३.३ प्रतिशत पुगेका छन्।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ७४ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,११२ पुगेको छ।
अहिले कुल ३०,५४४ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये ३,०१७ जना संस्थागत आइसोलेशनमा रहेका छन्।
अहिले देशभरिका १७ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २७ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।
बुधवार पुष्टि भएकामध्ये काठमाण्डूमा ४३६ जना छन् भने ललितपुर र भक्तपुरका क्रमशः १८९ र ४७ जना रहेका छन्।
एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा मोरङ १४६, झापा १७६ जना र सुनसरी १८५ जना रहेका छन्।
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ६२७ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७५ जना भेन्टिलेटरमा छन्।