गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन्। मुख्यमन्त्री कृष्णचन्द्र पाेख्रेलकाे सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार वास्तोलालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।
पाेखराका कानुन व्यवसायी बास्ताेला पाेखरा उच्च अदालत बार एसोसिएसनका निवर्तमान अध्यक्ष तथा डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्व अध्यक्ष हुन । अधिवक्ता बास्ताेला २५ वर्षदेखि कानुन व्यवसाय गर्दै आएका छन् । मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानूनी सल्लाहकार हो । बास्ताेला गण्डकी प्रदेशको दाेस्राे मुख्य न्यायाधिवक्ता हुन । यस अघि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ हुदा मुख्य न्यायाधिवक्तामा लमजुङका अधिवक्ता राजेन्द्र घिमिरे रहेका थिए ।