प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जातीय विभेदको आरोपमा हिरासतमा रहेकी घरबेटीलाई छुटाउन सरकारकै मन्त्री सहभागि हुनुले राज्यकै भूमिकामाथि गम्भीर प्रश्न उठेकाे बताएको छ ।

जातीय विभेदको आरोपमा हिरातमा रहेकी काठमाडौंको बबरमहलकी सरस्वती प्रधानलाई रिहा हुँदा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ प्रहरी कार्यालयमै पुगेका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै रुपा सुनार र सरस्वती प्रधानबीचको जातीय विभेद प्रकरणमा सरकारकै मन्त्रीको संलग्नता र प्रधानमन्त्रीकाे माैनताले कानूनी र नैतिक कोणबाट प्रश्न उठान भएकाे बताएका छन् ।

नेपाली काग्रेसका प्रवक्ता एवं सुचना, संचार तथा प्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माले जारी गरेकाे विज्ञप्ति

कोठा खोज्न काठमाण्डाै बबरमहलकी सरस्वती प्रधान कहाँ पुग्दा अाफूमाथि जातीय विभेद गरेको भन्दै संचाारकर्मी रूपा सुनारले जाहेरी दिएकी थिइन् । सरकारी वकिलले मुद्दा चलाउने प्रमाण नपुगकाे भने पछि प्रधान असार १० गते तिन दिनमा प्रहरी हिरासतबाट छुटेकी थिइन । सरकारका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रहरीकाे अनुसन्धानलार्इ प्रभावित पारेकाले पिडितकाे न्यायिक बाटाे बन्द भएकाे छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 226 Viewed

प्रतिक्रिया दिनुहोस्