राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ सम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा उनले शपथसम्बन्धी अध्यादेश २०७८ जारी गरेकाे राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएकाे छ ।
नेपालमा हालसम्म शपथसम्बन्धी संघीय कानुन छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते प्रधानमन्त्री पदको शपथ लिँदा राष्ट्रपतिले वाचन गरेको शब्द वाचन नगरी ‘त्यो पर्दैन’ भनेपछि विवाद उत्पन्न भएको थियो ।
