प्रधानमन्त्री केपी शर्मा ओलीलाइ विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएकाे छ । प्रस्ताव अस्वीकृत भए लगत्तै ओली पदमुक्त भएका छन् । सोमबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको पक्षमा ९३ मत पर्‍यो भने प्रस्तावको विपक्षमा १२४ मत परेको छ । बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसेका छन।

प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमतका लागि प्रस्तावको पक्षमा परेको ९३ मत ले अपुग हुने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेकाे प्रस्तावअस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् भने जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका १५ सांसद तटस्थ बसेका छन् ।

संसदमा १२१ सांसद रहेकाे सबभन्दा ठूलो दल एमालेका हाे । तर माधव कुमार नेपाल पक्षका २८ जना सांसद सभामा अनुपस्थित भएकाले प्रधानमन्त्री ओलीले आफ्नै दलको समेत सबै मत पाउन सकेनन् ।

प्रधानमन्त्री ओली पदमुक्त भए पछि अव नेपालमा नयाँ प्रधानमन्त्रि बन्नका लागि अभ्यास सुरू भएकाे छ । साेमवार नै राराष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते भित्र दुई वा दुई भन्दा बढी दलको सहभागितामा बहुमतको सरकार गठनका अाब्हान गरेकी छन ।

हेर्नुहाेस प्रेस विज्ञप्ति

अन्तिम पटक अध्यावधिक गरिएको 219 Viewed

प्रतिक्रिया दिनुहोस्