संवैधानिक परिषद्काे बैठकमा सहभागी नहुन नेपाल कम्युनिष्ट पाटी माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै सदस्यहरु अनुराेध गरेका छन ।
शनिवार एक प्रेस व्यक्त्व्य जारी गर्दै अध्यक्ष प्रचण्डले संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री के.पी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको बताएका छन । उनले पटक पटक लोकतान्त्रिक अभ्यास छलेर सरकारले संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै अाएकाे अाराेप लगाएका छन ।
प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै अध्यक्ष प्रचण्डले संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग अनुरोध गरेका छन।
