पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ३७ जनामा कोरोना भाइरस संक्रमण भएकाे पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १५ हजार ३ सय ९१ पिसीआर र ५ सय २५ ऐन्टिजेन गरी १५ हजार ९ सय १६ नमुना परीक्षणमा ५ हजार ७ सय २७ जना संक्रमित भेटिएका हुन् । विहीबारको तुलनामा शुक्रबार ८०९ बढी संक्रमति थपिएका हुन् ।
आज थपिएका ५ हजार ७ सय २७ जनासँगै हाल कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ ।
कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९ सय २८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा ५५ जना रहेका छन् भने ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।