गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले “तपाईको मास्क खोई” अभियान संचालन गरेकाे छ ।

कोरोना भाईरसको दोश्रो लहर सुरु भए संगै यसको संक्रमणबाट बच्न र फैलावटलाई नियन्त्रण गर्न “संक्रमणबाट आंफू बचौं र अरुलाई पनि बचाऔं” भन्ने नारा सहित “तपाईको मास्क खोई” अभियान संचालन गरिएको हाे ।

गण्डकी प्रदेश ट्राफिक प्रहरीका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुबाट वैशाख १३ गते देखि अभियान संचालन गरिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्कीले जनाएकाे छ ।6

प्रेस विज्ञप्तीमा भनिएकाे छ सार्वजानिक यातायातमा सवार यात्रुहरुले मास्क लगाएको र नलगाएको चेकजाँच गर्ने, मास्क नगाउने यात्रुहरुलाई अनिवार्यरुपमा मास्क लगाउन सुझाव दिने,स्थानीय तहहरुसंग समन्वय गरी सर्वसाधरणलाई मास्क वितरण गर्ने, सम्झाई बुझाई गर्दा समेत अटेर गरी मास्क नलगाउने र मापदण्ड पालना नगर्नेहरुलाई नियमानुसार कारवाही गर्ने जस्ता चार प्रकारका कार्वाही गरिने छ । जसमा हालसम्म ३१ जना मास्क नलगाउनेलाई कारवाही गरिसकिएकाे छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 203 Viewed

प्रतिक्रिया दिनुहोस्