पोखराको वडा नं १४ मा रहेको रक्त आयुर्वेद फार्मेसी शिल गरिएको छ ।
अनुगमन गर्दा चिकित्सकको प्रेस्कृप्सन बिना औषधी बेचेको पाइएको, सम्बन्धित संचालक बाहेक अर्कै व्यक्तिले फार्मेसी संचालन गरेको पाइएकोले उक्त फार्मेसी शिल गरिएको हो ।
बिगत केही समयदेखि चिकित्सकको प्रेस्कृप्सन बिना बेच्न नहुने औषधी बेचबिखन गरेको भन्ने सूचना प्राप्त हुनासाथ सोमवार वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोली, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी, पोखरा महानगरपालिका वडा नं। १४ का वडाध्यक्ष, स्वास्थ्य कार्यालयका प्रतिनिधि समेत खटिगई अनुगमन गरिएको थियो ।
फार्मेसी जिवन सुनारको नाममा रहेको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 413 Viewed

प्रतिक्रिया दिनुहोस्