बैंकिङ कसुरमा ठगी गरेको भन्दै एक जनालाई जिल्ला अदालत कास्कीले जेल चलान गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ मियापाटन बस्दै आएकी रबिना खातुनलाई जिल्ला अदालत कास्कीले जेल चलान गरेको हो । खातुनलाई जिल्ला अदालत कास्कीले ३ दिन कैद र १ लाख ८ हजार जरिवाना फैसला गरेको छ ।


खाली चेक दिएर पटक पटक भुक्काएपछि उनी माथि जिल्ला प्रहरी कार्यालय कस्कीमा मुद्दा दर्ता भएको थियो । खातुनले खाली चेक दिने तर, खातामा पैसा झिक्न जाँदा अकाउण्डमा पैसा नभएपछि उनलाई राजन (परिवर्तित नाम) ले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए ।


जिल्ला अदालत कास्कीले खातुनलाई २०७८ साउन २७ गते ३ दिन कैद फैसाल सुनाएपनि खातुन फरार थिइन् ।
यसपछि उनलाई जिल्ला प्रहरी कार्यालयले खातुनलाई खोजिरहेको थियो । सोमबार उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्पेक्टर खगेन्द्र अधिकारले बताए । इन्पेक्टर अधिकारीका अनुसार खातुनलाई ३ दिन जेल चलान गर्न अदालतले कास्की कारागारलाई पत्र काटेको छ ।


खातुनमाथि लागको १ लाख ८ हजार नतिरे पीडित राहत कोषमा बुझाउनुपर्ने २ सय र १ दिनको ३ सय रुपैयाँका दरले ११ महिना १६ दिनसम्म कारागार राख्न अनुमति दिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 193 Viewed

प्रतिक्रिया दिनुहोस्