भारतमा एक मात्रा दिए पुग्ने खोपलाई अनुमति दिएकाे छ । कोभिडविरुद्ध एक मात्रा लगाए पुग्ने रूसमा निर्मित नयाँ खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको हाे।

‘स्पुत्निक लाइट’ नामको नयाँ खोपलाई स्वीकृति दिइएको स्वास्थ्य मन्त्री मनसुख मांडवियाले ट्वीट गरेर जानकारी दिएका छन्।

भारतले अहिलेसम्म योसहित नौ खोपलाई स्वीकृति दिएको छ। तीमध्ये तीन खोप भारतमा निर्मित हुन्।

अहिलेसम्म भारतमा झन्डै एक अर्ब ७० लाख मात्रा खोप लगाइएको विवरण सार्वजनिक गरिएको छ।

खोपयोग्य वयस्क व्यक्तिहरूमध्ये ७६ प्रतिशतले पूर्ण मात्रा खोप र ९९ प्रतिशतले कम्तीमा एक मात्रा खोप प्राप्त गरेको भारतीय तथ्याङ्क छ।

अन्तिम पटक अध्यावधिक गरिएको 408 Viewed

प्रतिक्रिया दिनुहोस्