नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकीबाट ३ जना उम्मेदवार तय गरेको छ । कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लीला थनेत र बागलुङका गोविन्दबहादुर नेपालीलाई एमालेले उम्मेदवार बनाउने भएको छ ।

माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार २० पुसमा मनोनयनको कार्यक्रम छ । एमालेले कास्कीका पौडेललाई खुलातर्फ, नवलपुरकी थनेतलाई महिलातर्फ र बागलुङका नेपालीलाई दलिततर्फ उम्मेदवार बनाउने तय गरेको हो ।

अन्तिम पटक अध्यावधिक गरिएको 274 Viewed

प्रतिक्रिया दिनुहोस्