सामाजिक सेवामा समर्पित रोटरी क्लवअफ पोखराले सितापाईलास्थित पोखरा बृद्धाश्रमलाई एक थान अक्सिजन प्लाण्ट उपलव्ध गराएको छ ।


विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाईरस एवम् आश्रममा आश्रित जेष्ठनागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै रोटरी क्लवले अमेरिकामा निर्मित प्रति घण्टा १० लिटर अक्सिजन उत्पादन गर्ने क्षमताको मेसिन उपलव्ध गराएको हो ।


पोखरा बृद्धाश्रममा आयोजित एक कार्यक्रमका बीच रोटरी क्लव अफ पोखराका अध्यक्ष निर्मल कर्माचार्यले आश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीलाई उक्त प्लाण्ट हस्तान्तरण गरे ।
कार्यक्रममा अध्यक्ष कर्माचार्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको रोटरीले यस अघि पोखरा १७ नगर स्वास्थ्य चौकी, डेभिजफल युवा क्लव, भलाम, निर्मलापोखरी, भरतपोखरी लगायत मुस्ताङ जिल्लामा समेत अक्सिजन प्लाण्ट सहित आवश्यकता अनुसार अक्सिजन सिलिण्डर समेत वितरण गरेको जानकारी दिए ।
उनले भने क्लवको आथिक सहयोगमा पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा मुटुरोग उपचारको लागि आवश्यक क्याथ ल्याव स्थापना गरि सञ्चालनको तयारीमा रहेको छ । जसको लागत ८ करोड रुपैया रहेको छ ।


महिलाहरुको सहभागितामा १० लाख माक्स उत्पादन गरि कास्की जिल्लाका विद्यालयलाई निशुल्क वितरण गर्ने लक्ष्यका साथ काम अघि बढेको बताउँदै उनले भने क्लवले विभिन्न दुर्घटनामा हात गुमाएका लगभग २०० जनालाई उपलव्ध गराउने तयारी गरिएको छ ।
क्लवले स्तन क्यान्सका विरामीको उपचारमा समेत सहयोग गर्ने अभियान सञ्चालन गरेको उनकाे भनाई छ ।

पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले समाजका असहाय, विपन्न एवम परिवारबाट अपहेलित ५५ जना आश्रित रहेकाे बताउँदै अक्सिजन प्लाण्ट उपलव्ध भएसंगै जेष्ठनागरिकलाई उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
वृद्धाश्रममा आश्रित बुबाआमालाई समयमै विश्वव्यापी रुपमा पैmलिएको कोभिड बिरुद्धको खोज लगाउनु र सामाजिक सुरक्षा मापण्ड अप्नाईएको कारण आमा बुवालाई संक्रमणबाट बचाउन सकिएको उनको भनाई छ ।


कार्यक्रममा नेपाली कांग्रेस पोखरा १७ इकाई सभापति देवराज आचार्य, पुण्डरी बराल, माधव बराल, सञ्चारकर्मी हरि बास्तोला, समाजसेवी श्यामप्रसाद शर्मा लगायतले अक्सिजना प्लाण्ट स्थापना गर्नाले जेष्ठनागरिक स्वास्थ्य रक्षामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अन्तिम पटक अध्यावधिक गरिएको 229 Viewed

प्रतिक्रिया दिनुहोस्