शनिवार नेपालमा थप १,८५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १३,१७६ वटा नमुना परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ३,७६७ वटाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

अहिले परीक्षण गरिएका नमुनामा सङ्क्रमण पुष्टि हुने दर १४ प्रतिशत देखिन्छ।

नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख ४० हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,६९० पुगेको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा २,२२२ जना सङ्क्रमणमुक्त भएका छन्।

हिले देशभरि ३६,८६६ जनामा सक्रिय सङ्क्रमण भएको मन्त्रालयको तथ्याङ्क छ।

तीमध्ये ३३,८३५ जना घरमा र बाँकी संस्थागत आइसोलेसनमा छन्।

सङ्क्रमण भएर गम्भीर बिरामी भएका ६१५ जना अहिले देशभरिका विभिन्न अस्पतालका आईसीयूमा छन्। तीमध्ये १७४ जना भेन्टिलेटरमा छन्।

अहिले २० वटा जिल्ला प्रत्येकमा ५०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै हुने क्रम अहिले पनि जारी छ।

अन्तिम पटक अध्यावधिक गरिएको 170 Viewed

प्रतिक्रिया दिनुहोस्