पोखराका पर्यटन व्यवसायी तथा पुर्व उपमेयर गणेशबहादुर भट्टराई नेपाली कांग्रेस प्रवेश गरेका छन् । राप्रपाको राजनीतिबाट उनी उपमेयर बनेका थिए । नयाँ राज्य संरचना बनेपछि राजनीतिमा खासै सक्रिय नभएका भट्टराई कांग्रेसको राजनीतिमा छिरेका हुन् ।

उनीसँगै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पनि कांग्रेस प्रवेश गरेका छन् । धर्मेन्द्रकुमार बाटाजु, अशोकुमार भण्डारी, जीवन भट्टराई, ई. विकास भट्टराई, ई. विशेष थापा, जयराम तिमिल्सिना, सुनिलबहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई र आशिष भट्टराई लगाएतलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश पछि भट्टराईले गण्डकी प्रदेशमा कांग्रेस स्थापित गराईराख्न र थप मजबुत गराउने प्रतिवद्धता जनाए । उनले लोकतन्त्रलाई सबै युवाहरुले आत्मसात गरेको भन्दै युवाकै लागि अफुलाई समर्पित गर्ने बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 178 Viewed

प्रतिक्रिया दिनुहोस्