गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापा र कृषि, भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा कोरोना सँक्रमण मुक्त भएका छन ।

विगत १५ दिनदेखि होम आईसोलेसनमा रहृका मन्त्रीद्वयको दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।


सामान्य रुघाखोकी र ज्वरो देखिएपछि उपचार गर्न जाँदा दुई हप्ताअघि उहाँहरुको स्वाव संकलन गरिएको थियो । स्वाब परीक्षण गर्दा उनिहरुमा कोरोना सँक्रमण पुष्टि भएको थियो ।


बुधवार गरिएको परीक्षणमा उहाँमा नेगेटिभ आएसँगै नियमित मन्त्रालयको काम शुरु गर्नुभएको थापाका प्रमुख स्वकीय सचिव लोकेन्द्र थापाले बताए ।

चन्द्रबहादुर बुढामगरका प्रमुख स्वकीय सचिव प्रेम रोकामगरले पनि कोरोना मुक्त भए लगत्तै उहाँ मन्त्रालयमा नियमित काम गरिरहेको जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 172 Viewed

प्रतिक्रिया दिनुहोस्