गण्डकी प्रदेश सरकार कानुन ,संचार तथा प्रदेश सभा मामिला मन्त्रालयकाे लाेक कल्याणकारी विज्ञापन सिफारिस तथा समन्वय समितिकाे सदस्यमा कास्कीका दुई जना पत्रकार मनाेनयन भएका छन् ।

मन्त्रालयका मन्त्री विन्दुकुमार थापाको मन्त्रीस्तरकाे निर्णयबाट पत्रकारद्वय सरीता तिमिल्सिना पंगेनी र टंकराज अधिकारी मनाेनयन भएका हुन् ।

साउन १९ गतेकाे मन्त्रीस्तरकाे निर्णयले उनीहरुलाई सदस्यमा मनाेनयन गरिएको छ।

तिमिल्सिना नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य साथै पाेखरा पाेष्ट डटकमकी सम्पादक हुन् भने अधिकारी नेपाल प्रेस युनियन गण्डकी संयाेजक हुनुका साथै नेपाल समाचारपत्रमा अावद्व रहेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 300 Viewed

प्रतिक्रिया दिनुहोस्