देशभर थप ३,७२९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख १० हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,०१९ पुगेको छ।

शुक्रवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १५,६७५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ६,१८२ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

अहिले कुल परीक्षणको २३.७८ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,८८५ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

सङ्क्रमितमध्ये ३१,४२७ जना घरमा तथा ३,५१५ जना संस्थागत आइसोलेशनमा छन्।

अहिले ७३२ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १५८ जना भेन्टिलेटरमा छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 203 Viewed

प्रतिक्रिया दिनुहोस्