पाेखरामा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यहरुलाई नेतृत्व विकास प्रशिक्षण दिइएकाे छ ।

पोखरामा उपलव्ध परिषदका सदस्य तथा कर्मचारीहरुलाई उक्त प्रशिक्षण दिइएको हो ।

उक्त अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा भिजनरी इन्टरनेशनलका सिइओ तथा ‘मोटिभेटर’ इन्द्र गुरुङले प्रशिक्षण दिएका थिए । सो अवसरमा उनले नेपालमा व्यवसायिकता नभएका कारणले नै नेतृत्वमा असफलता देखिएको बताए ।

नेतृत्व क्षमताका लागि आफू संग हुनुपर्ने गुण, विषयको अध्ययन संगै त्यसलाई प्रवाहिकरण गर्ने क्षमता भएमा मात्रै सफलता हासिल हुने गुरुङले बताए । उनले भने–“नेतृत्वमा सिर्जनशिलता आवश्यक मात्रै होइन परिणामुखी नेतृत्व नै असल नेतृत्वको सुचक हो चाहे त्यो व्यक्तिमा होस वा संस्थामा ।” नेतृत्वदायी शैली जिवनको हरेक पाटोमा आवश्य रहने कुरामा जोड दिंदै गुरुङले भने–“नेतृत्वमा हुनेहरु जहिले पनि सचेत हुन आवश्यक छ, त्यो सचेतना आफै भित्र निहित छ ।”

सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले प्रदेश खेलकुद परिषद सिमित स्रोतका वावजुद पनि प्रदेशको खेलकुद विकासका लागि निरन्तर अघि बढ्ने बताए । उनले भने–“हामी संग बजेटको अभाव छ भन्दैमा हात बाँधेर बस्ने अवस्था छैन, हामी संग जे जति छ त्यसको भरपुर सदुपयोग गर्दै दश वर्ष भित्रमा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने योजनाका साथ अघि बढ्दैछौं ।”

अन्तिम पटक अध्यावधिक गरिएको 189 Viewed

प्रतिक्रिया दिनुहोस्