१५ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई प्रवासबाट सहयोग प्राप्त भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा गत वैशाखमा सो प्रतियोगिता भएको थियो ।
पोखरा रामबजार स्थायी घर भई हाल हङकङमा बसोबास गरिरहेका युवाको समूह पोखरेली हङकङ गाइज रामबजारले ४१ हजार ३ सय सहयोग प्रदान गरेको मञ्चका कावा अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । जसमा हङकङस्थित तेक्वान्दोका खेलाडी कृष्ण गुरुङले ५ सय हङकङ डलर, हिमाल रानाले १ हजार हङकङ डलर, नयनसिंह गुरुङ (कान्छा) ले ५ सय हङकङ डलर, कृष्ण गुरुङले ३ सय ५० हङकङ डलर र दीपक गुरुङले ५ हजार नेपाली रुपैयाँ सहयोग गरेको जानकारी मञ्च महासचिव खेम गुरुङले दिए । उक्त सहयोग रकम महासचिव गुरुङले पोखरेली हङकङ गाइजतर्फबाट कावा अध्यक्ष पराजुलीलाई हस्तान्तरण गरेका हुन् ।
मञ्चका कावा अध्यक्ष पराजुलीले सहयोगका लागि पाखरेली हङकङ गाइजलाई आभार प्रकट गरेका छन् । विदेशमा बस्ने नेपालीले कोभिड १९ को यस्तो जोखिम बेलामा समेत पोखरा म्याराथनलाई माया गरी सहयोग गर्नु सह्रानीय रहेको भन्दै अब मञ्च १६ औं संस्करणको पोखरा म्याराथनको तयारीमा जुट्ने बताए ।
रकम हस्तान्तरण कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट, सहकोषाध्यक्ष महेश पौडेल, कार्यसमिति सदस्य तिलक केसी, हरिश्वर पराजुली, हरि वरुवाल, विश्व तन्डुकार, पुष्पा श्रेष्ठको समेत सहभागिता थियो । पोखरेली हङकङ गाइजले १४ औं संस्करणमा १ लाख ११ हजार नगद सहयोग गरेको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 183 Viewed

प्रतिक्रिया दिनुहोस्