लामाे समयदेखि पाेखरामा क्रियाशील वरिष्ठ अधिवक्ता तिलकप्रशाद शर्मा आचार्यकाे निधन भएकाे छ । आचार्यकाे बिहीबार राति ८२ वर्षकाे उमेरमा निधन भएकाे हाे ।

आचार्य पछिल्ला दिनसम्म पनि वकालतमै सक्रिय थिए । उनी तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालत बार एसोसिएसन हालको पाेखरा उच्च अदालत बार एशोसिएसन का पुर्व अध्यक्ष हुन् ।

निष्ठवान कानुन व्यवसायी आचार्यकाे निधनप्रति बार एसाेसिएसन र विभिन्न संघ संस्थाले दुख मनाउ गरेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 289 Viewed

प्रतिक्रिया दिनुहोस्