गण्डकी प्रदेशमामाओवादीले तीन मन्त्रीको नाम बुझाएको छ ।

विहिबार बसेको बैठकमा मन्त्रालयको टुंगो लगाएपछि मन्त्रीको नाम बुझाएको हो ।

नयाँ मन्त्रीमा रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक चर्तिमगर छन् । बराललाई अर्थ, बुढालाई कृषि र मगरलाई वन मन्त्रीमा सिफारिस गरिएको हो । माओवादीबाट यसअघि नै मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छिन् ।

कांग्रेसले अझै मन्त्रीको नाम टुंग्याएको छैन । भौतिक पूर्वाधार सहित सामाजिक, पर्यटन र प्रदेश मामिला मन्त्रालय कांग्रेसले पाएको छ । कांग्रेसबाट कुमार खड्का यसअघि नै सामाजिक विकास मन्त्री बनेका छन् । अब उनी भौतिकमा सर्ने बताईएको छ ।

जनता समाजवादी पार्टीका हरिशरण आचार्य उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री बनेका छन् भने स्वतन्त्र सांसद राजीव गुरुङ युवा तथा खेलकुद मन्त्री बनिसकेका छन् ।

सबै मन्त्रीको टुंगो लगाएर शुक्रबार १ बजे मन्त्रीहरुको शपथ ग्रहण गर्ने तयारी छ । ६० सदस्यीय प्रदेश सभामा संविधानअनुसार गण्डकीमा १२ मन्त्रालय बनाउन सकिन्छ । तर, अहिले ११ मन्त्रालय बनाउने मन्त्री खड्काले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 206 Viewed

प्रतिक्रिया दिनुहोस्