नेकपा एमालेको एकतालाई लिएर नेताहरू विभाजित भइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबैलाई आममाफी दिने बताएका छन्। 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा बोल्दै ओलीले भने, “आज पुष्पलाललाई सम्झिएर म भन्न चाहन्छु यस पार्टीको, यस आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टी इज ग्र्यान्टेड (आममाफी दिइयो)।”

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमालेले आफ्नै कारण ‘ठूलो क्षति बेहोरेको’ बताएका ओलीले सबैलाई फेरि एकजुट भएर काम गर्न आह्वान गरेका हुन्। 

पुष्पलालकै सम्झनामा काठमाण्डूमा आयोजित एक बेग्लै कार्यक्रममा नेता माधवकुमार नेपालले भने अपमान सहेर नबस्ने बताएका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 193 Viewed

प्रतिक्रिया दिनुहोस्