पोखरा महानगरपालिका वडा नं. ७ स्थित ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय र नेपाल पत्रकार महासंघ कास्कीको भवन नजिक रहेको कित्ता नम्बर १३२ को पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको हाल खुल्ला मैदानको रूपमा रहेको खाली जग्गा अन्य निकायलाई नदिई “खुल्ला पार्क तथा विपद् सुरक्षित क्षेत्र” का रूपमा संरक्षण गर्न स्थानीयवासीले एकमत माग गरेका छन्।

शनिबार नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा आयोजित भेला समाजसेवी रामप्रसाद बस्ताकोटीको अध्यक्षता तथा वडाध्यक्ष राममोहन आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष आचार्यले स्थानीयहरुको मागलाई आफुले महानगर प्रमुख र कार्यपालिका समक्ष पुर्याउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

नागरिक समाज कास्कीका संस्थापक संयोजक राम बहादुर पौडेलले घना बस्तीका बीच  खुल्ला खुल्ला पार्क तथा विपद् सुरक्षित क्षेत्रको आवश्यकता औल्याउँदै पोखराका मेयर साबले भविष्यको सुरक्षाका लागि स्थानीयले उठाएको जायज मागलाई सम्बोधन गरि नगर उपत्यका समितिले गरेको निर्णयलाई पुनर्बिचार गर्ने कुरामा बिश्वास ब्यक्त गर्नुभयो ।  मागलाई   वडाभित्र रहेका टोल विकास संस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, महिला समूह, आमा समूह, युवा क्लब, नागरिक समाज, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

भेलामा सहभागी सबैले उक्त जग्गा घना बस्तीबीच अवस्थित भएकाले बालबालिका, ज्येष्ठ नागरिक तथा स्थानीयवासीका लागि अत्यावश्यक खुल्ला स्थानको रूपमा संरक्षण गरिनुपर्नेमा जोड दिएका छन्। भूकम्प, आगलागी लगायतका विपद्का समयमा सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने भएकाले यसलाई सार्वजनिक प्रयोजनका लागि सुरक्षित राख्न आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।

भेलाले उक्त जग्गा अन्य कुनै निकायलाई संरचना निर्माणका लागि हस्तान्तरण गर्ने निर्णय तत्काल स्थगित गर्न सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको छ। साथै सो स्थानलाई औपचारिक रूपमा “खुल्ला पार्क तथा विपद् सुरक्षित क्षेत्र” घोषणा गर्न पोखरा महानगरपालिका वडा नं. ७ को कार्यालय तथा पोखरा  महानगरपालिकामा निवेदन दिने निर्णय गरिएको छ।यसै क्रममा भेलाबाट २५ सदस्यीय “सरोकार समिति” गठन गरिएको छ। उक्त समितिले सम्बन्धित निकायसँग समन्वय गर्ने, आवश्यक पहल अघि बढाउने तथा आवश्यक परे कानुनी प्रक्रिया समेत अगाडि बढाउने जिम्मेवारी पाएको जानकारी दिइएको छ।स्थानीयहरूले महानगरपालिकाका मेयरले जनआवाजको कदर गर्दै आवश्यक निर्णय गर्ने विश्वास व्यक्त गरेका छन्। यद्यपि स्थानीयको माग बेवास्ता भएमा कानुनी प्रक्रियामा जान समेत पछि नहट्ने र नागरिक समाजसहित सम्पूर्ण वडावासी सशक्त रूपमा अगाडि बढ्ने चेतावनीसमेत दिएका छन्।

भेलाबाट उक्त जग्गालाई ‘खुल्ला पार्क तथा विपद् सुरक्षित क्षेत्र’ घोषणा गर्न मागका लागि आवश्यक पहल गर्न पोखरा महानगरपालिका वडा नम्बर ७ का उक्त जग्गा आसपासका स्थानीयद्वारा गठित २५ सदस्यीय सरोकार समिति निम्नानुसार रहेको छ । संयोजक- युवराज पराजुली सहसयोजक- संगीता शर्मासचिव- गीता कुमारी लामिछाने कोषाध्यक्ष- कौशल्या थापासदस्यहरू पार्वती पनेरु (रत्नचोक टोल विकास संस्था)भीमा पौडेल (जनप्रिय टोल विकास संस्था)कृष्णप्रसाद तिवारी (मितेरी टोल विकास संस्था)गोकुलबहादुर कार्की (राष्ट्रबैंक चोक टोल विकास संस्था)तुलबहादुर गुरुङ (एयरपोर्ट टोल विकास संस्था)मातृका राज घिमिरे (अन्नपूर्ण टोल विकास संस्था)सूर्यबहादुर कार्की (माछापुछ्रे टोल विकास संस्था)लालकुमारी गुरुङ (माछापुछ्रे महिला क्लब)राधिका बस्ताकोटी (ढाडआमा समूह प्रतिनिधि)दुर्गा केसी (मुस्ताङ चोक दिदीबहिनी समूह)गणेशबहादुर थापा (क्षेत्री समाज नेपाल पोखरा ७)चेतबहादुर गुरुङ (जनजाति समूह प्रतिनिधि)खिम बहादुर थापा (जेष्ठ नागरिक समूह प्रतिनिधि)अजित कार्की (युवा समूह प्रतिनिधि)निशान थापा (जेन्जी समूह प्रतिनिधचिरंजीवी पोखरेल (राजनीतिक दल प्रतिनिधि)नेत्रनारायण सुवेदी (सामाजिक अगुवा)शिव पौडेल  (सामाजिक अगुवा)वसुन्धरा भण्डारी  (सामाजिक अगुवा)गणेश केसी  (सामाजिक अगुवा)गिरिधारी शर्मा (सामाजिक अगुवा)

अन्तिम पटक अध्यावधिक गरिएको 9 Viewed

प्रतिक्रिया दिनुहोस्