“नागको काधले पृथ्वी धानेको छ । नागले काध थाकेर अर्को काध फेर्दा भुकम्प जान्छ” भन्ने दन्ते कथा पनि सुनिन्छ । त्यसैले हिन्दुले नागलाई देवता मान्ने धार्मिक मान्यता रहेको छ । हिन्दु धर्म अनुसार प्रकृतिलाई संरक्षण गर्न पाप र पुन्यको मान्यता स्थापित गरिएको छ । जुन बैज्ञानिक पनि छ । जीव जगतलाई यथावत राख्न प्रकृति पनि यथावत नै हुनुपर्छ । प्रकृतिले सृजना गरेका सबै भौतिक अभौतिक चिजलाई मानवले आफ्नो फाइदाको लागि दोहन गरेको छ । र कालान्तरमा यस्ता कार्यले जीव जगत संकटमा पर्न सक्छ । यहीँ कुरालाई गहिरो अध्ययन गरी हिन्दु सम्प्रदायले प्रकृतिलाई देवताको संज्ञा दिई पूजा गरिने प्रचलन छ । जस्तै पानीलाई जल देवता, सर्पलाई नागदेवता, जमिनलाई भूमेश्वर, तुलसी जस्तो बहुउपयोगी बनस्पतिलाई बिष्णु देवता, गाईलाई लक्ष्मी माता आदि । त्यस्तै आज इकोसिस्टमलाई कायम राख्न सघाउ पुर्याउने सर्पलाई नाग देवता मानी पूजा गर्ने दिन, जुन सालमा एकपटक मनाइन्छ । नाग देवताको पूजाले तीखो पुच्छर भएको नाग हुन त्यसलाई मार्न हुदैन भनी प्रकृतिको संरक्षण गर्नु उत्तम कार्य हो । यति महत्व हुदाहुदै पनि आज गरिने नागको पूजा महिलाले गर्न हुदैन भन्ने मान्यता लैङ्िगक दृष्टिकोणले बिभेदपुर्ण छ । प्रकृतिले दिएका जीव र बनस्पति लगायत सबै चिजको संरक्षण गरौं । यसमा महिला पुरुष भनी विभेद नगरौं । नाग पन्चामीको शुभकामना ।

अन्तिम पटक अध्यावधिक गरिएको 130 Viewed

प्रतिक्रिया दिनुहोस्