ढोडवेशी मालेपाटन खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन भएकाे छ ।

उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश सरकारद्वारा निर्माण भएको कास्कीकाे पाेखरा महानगरपालिका वडा -३२ स्थित याेजनाकाे शनिवार गण्डकी प्रदेश सरकारका प्रवक्त्ता एवम् उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री माननीय सरस्वती अर्याल तिवारीले याेजनाकाे उद्घाटन गरेकी हुन।

उद्घाटन कार्यक्रममा बाेल्दै मन्त्री तिवारीले लाभान्वित घरधुरीलाई योजनाको अपनत्व ग्रहणगरि नियमित मर्मत सम्भारमा लाग्न आग्रह गरिन ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद सरस्वती गुरुङ ,मन्त्रालयका सचिव र अन्य कर्मचारीहरु, खानेपानी तथा सरसफाई डिभिजन स्याङ्गजाका कार्यालय प्रमुख सहित प्राविधिकहरु, पोखरा महानगरका जनप्रतिनिधि, खानेपानी उपभोक्ता समिति र लाभान्वित समुदायहरुको उल्लेखनीय उपस्थिति रहेकाे थियो ।

आयोजनाले करिब ३६४ घरधुरी लाभान्वित भएका छन् र उक्त आयोजना निर्माण को लागि करिब ३ करोड रुपैयाँ खर्च भएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 140 Viewed

प्रतिक्रिया दिनुहोस्