सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने मिति तय गरेको छ। चुनाव एकै चरणमा सम्पन्र गरिनेछ।’
चुनावको मिति तोक्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका अधिकारीहरूसँग वैशाख ३० मा चुनाव सम्पन्न गर्न सकिने विषयमा राय माग गरेका थिए।