विगत २४ घण्टामा १०,२५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र कोभिडकै कारण १६ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
अहिलेको वृद्धिसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ७२,००० नाघेको छ।
विगत दुई सातादेखि नेपालमा कोभिड-१९ निरन्तर बढिरहेको छ।
अहिलेसम्म नेपालमा ११,६५१ जनाको कोभिडका कारण मृत्यु भएको छ जुन कुल सङ्क्रमितको १.४ प्रतिशत हो।
शनिवार अपराह्न प्रकाशित विवरण अनुसार विवरणअनुसार विगत २४ घण्टामा १४,४६२ वटा परीक्षण पीसीआर विधिबाट र ५,७२५ वटा एन्टिजन विधिबाट कुल २०,१८७ परीक्षण गरिएको थियो।
पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ५६.८ प्रतिशतमा र एन्टिजन परीक्षणमा ३५.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।
हाल देशभरि सङ्क्रमितको सङ्ख्या ७२,८६२ रहेको तथ्याङ्कले देखाउँछ।