सरकारले कोरोना भाइरसको नयाँ भेरिएन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ ।

पुस ३० गतेको मन्त्रिपरिषद् बैठकले उक्त आदेश जारी गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

आदेशअनुसार सबै प्रकारका आमसभा, जुलुस, भेला माघ मसान्तसम्म नगर्ने, गोष्ठी, सेमिनार, समीक्षा, बैठकजस्ता क्रियाकलापहरु भर्चुअल माध्यमबाट गर्ने, भौतिक रुपमा उपस्थित भई गर्नपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी र एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्र सहभागी रहने गरी सञ्चालन गर्ने, माघ ७ गतेपश्चात् त्यस्तो कार्यक्रममा खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी गर्ने जस्ता विषय उल्लेख छन् ।

यस्तै सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, हाटबजारलगायत कार्यक्रम १५ माघसम्म नगर्ने, विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापमा पनि रोक लगाइएको छ ।

पूर्णपाठ

Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.

अन्तिम पटक अध्यावधिक गरिएको 198 Viewed

प्रतिक्रिया दिनुहोस्