देशभर पछिल्लो २४ घण्टामा नेपालमा ५७४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार ७० पीसीआर परीक्षणमा आइतबार थप ५७४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९७ हजार १९२ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ८५० परीक्षणबाट १०५ जनामा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १० हजार ९२० परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ४०५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६९ हजार २२४ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ ।

हालसम्म देशभर ४२ लाख २८ हजार १६३ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २५२ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १६ हजार ८०४ छ ।

पछिल्लो २४ घण्टामा खोप लगाएकाको संख्या २६ हजार ४१९ रहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 225 Viewed

प्रतिक्रिया दिनुहोस्