राम्रो संविधानकाे औचित्य कार्यान्वयनमा हुने एक कार्यक्रमका वक्ताहरुले वताएका छन ।

संविधान दिवसको अवसरमा कास्की जिल्ला अदालतले आइतबार आयाेजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले उक्त कुरा बताएका हुन ।

कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले ‘ नेपालमा धेरै पटक संविधान बनाइएकाे तर संविधानकाे कार्यान्वयन र परिपालन गर्न नजानेकाे बताए । विश्वका छोटो र कम धारा भएका संविधान पनि धेरै विकसित भएका छन र सयौ वर्ष क्रियाशिल छन। तर हाम्रोमा वाराम्वार संविधान बनाइरहदा हामी परिपालना गर्नमा चुकेका छौ की?’ उनले प्रश्न गरे । ‘कार्यापालिका र व्यवस्थापिकाले बाटो बिराए उनीहरुलाई सही बाटो देखाउने जिम्मेवारी संविधानले नै न्यायपालिकालाई सुम्पिएको छ र न्यायपालिकाले सीमाभित्र रहेर आफ्ना दायित्व पूरा गरेको छ’ उनले बताए । प्रदेशका नामाकरण र सीमाका वारेमा विवादहरू थुप्रिएकाे बताउदै न्यायाधीश कार्कीले राजनितिक विवादकाे राजनीतिक क्षेत्रबाट नै समाधान हुनुपर्ने अाैल्याए ।

कार्यक्रममा उच्च अदालत पोखराका न्यायाधीश प्रमोद कुमार श्रेष्ठ वैद्यले संविधान कार्यान्वयनका विषयमा जनताबाट उठेका प्रश्न जायज भएकाे जनाए ।

पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले नागरिकले माैलिक हकलाई पूर्णरूपमा उपभाेग गर्न पाए मात्र संविधान उत्कृष्ट हुने बताइन ।

नेपाल बार एशोशिएसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले संविधानकाे संरक्षक सर्वाेच्च अदालत भएकाे बताउदै संविधानका संचालक राम्राे भए मात्र संविधान राम्राे हुने धारणा व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष तथा कास्की जिल्ला अदालतमा प्रमुख भई काम गर्ने न्यायाधीश श्रीकृष्ण भट्टराईले राज्य संघीय संरचनामा गए पनि न्यायलय एकात्मक संरचनामा नै रहेकाे बताए । उनले भने, ‘सामान्य विषयका मुद्धा पनि सर्वाेच्च अदालतमा जानुपर्ने व्यवस्था भएकाले सर्वाेच्च अदालतमा मुद्धा थुप्रिएका छन। जसले गर्दा छिटाे र छरिताे रूपमा न्याय निरूपण हुन सकेकाे छैन।‘

कास्की जिल्ला अदालतका न्यायाधीश डण्डपाणी शर्माले स्वागत मन्तव्य राखेका थिए भने स्रेस्तेदार श्री नवराज दंगालले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा सरकारी वकिल, पत्रकार, कानुन व्यवसायी, अदालतका कर्मचारी लगायतकाे सहभागिता रहेकाे थियाे ।

अन्तिम पटक अध्यावधिक गरिएको 187 Viewed

प्रतिक्रिया दिनुहोस्