राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र एसियाली बिकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउद काउचोइस बीच शिष्टचार भेटघाट भएको छ।
नेपालका लागि नवनियुक्त डाइरेक्ट काउचोइसले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टचार भेट गरेका हुन।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको लागि निर्देशक हुनुभएकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।
अध्यक्ष तिमिल्सिनाले नेपालमा एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको समेत लगानीमा सञ्चालनमा रहेको ग्रामिण सडक सञ्जाल सुधार आयोजनाकोे प्रभावकारीता र छिटो कार्यान्वयन गराउने सन्दर्भमा कुराकानी गरे । ग्रामिण सडक सञ्जाल सुधार आयोजनाका लागि सडकहरु छनोटको प्रकृया तीन वर्ष अगाडीबाट शुरु भएपनि हाल सम्म कार्यान्वयनको प्रक्रिया केही विलम्ब हुन गएकोले ग्रामीण भेगका जनता र जनप्रतिनिधिको अपेक्षा अनुरुप उक्त सडकहरु छिटो सम्पन्न हुनुपर्छ भन्ने धारणा व्यक्त गरे।
अध्यक्ष तिमिल्सिनाले संघीयता लागु भै सकेको तर प्रदेश र स्थानीय तहमा दक्ष जनशक्ति नियुक्त गर्न ऐन नबनेको हुँदा यस परिस्थितिलाई मध्यनजर गर्दै आयोजनाहरु समायानुकुल अगाडि बढाउनुपर्नेमा जोड दिए।

भेटका क्रममा एडिबीका कन्ट्री डाइरेक्टर काउचोइसले ग्रामिण सडक सञ्जाल सुधार आयोजनालाई छिटो र प्रभावकारी सञ्चालनको विधि र प्रक्रिया निर्धारण गर्ने प्रतिबद्धता जनाए । उनले आयोजना अध्ययन गर्न आउने बोर्ड सदस्यहरुको टिमले प्रदेश सरकार र स्थानीय तहसँग भेटघाट गरी अध्ययन गरेपछि नेपालको हालको कानूनी र व्यवहारिकपक्षको आधारमा आयोजना सञ्चालनको बिधी र प्रकृा निर्धारण हुने जानकारी गराए ।

अन्तिम पटक अध्यावधिक गरिएको 155 Viewed

प्रतिक्रिया दिनुहोस्