देशभर थप १,३८८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २४ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख ४२ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,७१४ पुगेको छ।

आइतवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १०,२९७ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ३,०३८ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

अहिले कुल परीक्षणको १९.५ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा २,२६० जना सङ्क्रमणमुक्त भएका छन्।

हाल ३,०५२ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।

अस्पतालमा उपचार गराइरहेकामध्ये ६२५ जना सघन उपचार कक्ष आईसीयूमा र १६७ जना भेन्टिलेटरमा छन्।

विगत २४ घण्टामा सबैभन्दा बढी काठमाण्डू जिल्लामा ३१२ सङ्क्रमित भेटिएका हुन्।

नेपालभरि २० जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप १९ जिल्लामा २०० देखि ४९९ सक्रिय सङ्क्रमित रहेका मन्त्रालयको तथ्याङ्क छ।

अन्तिम पटक अध्यावधिक गरिएको 310 Viewed

प्रतिक्रिया दिनुहोस्