पोखरा ३० देउराली खोला जरुवामा अवस्थित ऊँकारेश्वर शिव मन्दिर व्यवस्थापन तथा सञ्चालक समितिमा पुनः रमानाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै शनिवार सम्पन्न पाचौं साधारणसभा तथा दोस्रो अधिवेशनले उपाध्यक्षमा लिलामणी त्रिपाठी ,सचिवमा केशबराज तिवारी, सह सचिवमा अनन्त कंडेल, कोषाध्यक्षमा सीता सुवेदीलाई चयन गरेको हो ।
यसैगरी सदस्यहरुमा महाप्रसाद धिमिरे,कृपा पौडेल, बोधराज गौतम,पुष्पराज भट्टराई,शोभा शर्मा न्यौपाने र लक्ष्मी बराल रहेका छन भने बाँकी २ सदस्य पहिलो बैठकले मनोनित गर्ने वताइएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमानाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष, ,सचिव र कोषाध्यक्षका प्रतिवेदनहरु सर्वसम्मत पारित भएका थिए । कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लव ३२५ बी १का एन एल एफ चिफ शैलेन्द्रमोहन भटराइले धर्मले सामाजिक सद्भाव फैलाउनु पर्ने कुरामा जोड दिदै सास्कृतिक सम्पदाको संरक्षण गर्नुपर्ने वताए ।
कार्यक्रममा पि एम जे एफ लायन सुर्यनारायण बराल,लायन हरि लामिछाने,एओजी लायन मेजर रामप्रसाद गुरुङ्ग,लेखनाथ उद्योग वणिज्य संघका राजेन्द्र ओझा,नागरिक परोपकार समन्वय संस्थाका उपाध्यक्ष चिरञ्जिवी तिवारी,त्रिकाङ्ग टोल विकास संस्थाकी शारदा त्रिपाठी,बेगनासताल पर्यटन तथा धार्मिकक्षेत्र विकास समितिका अध्यक्ष ध्रुवनाथ अधिकारी,निर्वाचन संयोजक रविमोहन ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव लिलामणि त्रिपाठीले गरेका थिए । अध्यक्ष रमानाथ पौडेलले मन्दिर व्यवस्थापन तथा प्रगतिमा सबैको सहयोगको अपेक्षा गरेका छन् ।