फाइजर कम्पनीले उत्पादन गरेको कोभिड-१९ विरुद्ध दुई मात्रा दिनुपर्ने खोपले यूएस फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) बाट पूर्ण अनुमति पाएको छ।
पहिला आपत्कालीन प्रयोगका लागि अनुमित पाएको उक्त खोप अमेरिकामा पूर्ण अनुमति प्राप्त गर्ने पहिलो कोभिड खोप बनेको छ।
तीन साताको अन्तरालमा एक-एक मात्रा दिनुपर्ने फाइजर खोपले १६ वर्ष र त्योभन्दा बढी उमेरका मानिसमा प्रयोग गर्न पूर्ण अनुमति पाएको हो।
फाइजरले पूर्ण स्वीकृति पाएपछि देशभरि रोजगारदाता र सङ्घसंस्थाहरूले खोप अनिवार्य लिएको हुनुपर्ने भनी थप नियम बनाउने अपेक्षा गरिएको छ।
धेरै अमेरिकीहरूले खोप लिन आनाकानी गरिरहेको बेला एफडीएको यो निर्णय आएको हो।
अमेरिका कोरोनाभाइरस महामारीबाट प्रभावित देशको सूचीमा शीर्ष स्थानमा छ।