देशभर थप २,०७५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३० जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यससँगै देशभर सङ्क्रमितको कुल सङ्ख्या आठ लाख २५ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,४८५ पुगेको छ।
शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १३,०७५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ५,३७२ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २,३८२ जना सङ्क्रमणमुक्त भएका छन्।
अहिले कुल परीक्षणको १९.५ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।
तीमध्ये ३,३०६ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।
अस्पतालमा उपचार गराइरहेकामध्ये ७१८ जना सघन उपचार कक्ष आईसीयूमा र १६६ जना भेन्टिलेटरमा छन्।
तीमध्ये ३,३०६ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।
अस्पतालमा उपचार गराइरहेकामध्ये ७१८ जना सघन उपचार कक्ष आईसीयूमा र १६६ जना भेन्टिलेटरमा छन्।