नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ ।

भारतकाे मुम्बईस्थित हिन्दुजा अस्पतालमा उनको उपचार भइरहेको छ ।

घाँटीमा देखिएको समस्याको उपचार गर्न उनी भारतको मुम्बइ गएका हुन् ।

गिरीको उपचारमा चिकित्सक सुल्तान प्रधान नेतृत्वको टोली संलग्न छ ।

एक साताअघि स्वास्थ्यमा समस्या देखिएपछि गिरी उपचारका लागि मुम्बई गएका थिए ।

उनको स्वास्थ्यमा जटिल समस्या देखिएको जानकारी पाएपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि बिहीबार मुम्बई जाँदैछन् ।

जनकपुरमा रहेका निधि आज बिहीबार भारतको दरभंगासम्म गाडीमा र त्यहाँबाट हवाई यात्रामार्फत मुम्बई जाने उनका प्रेस सल्लाहकार रामजी दाहालले बताए ।

उपचारका लागि मुम्बई जानुअघि गिरी र निधिबीच भेट भएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 327 Viewed

प्रतिक्रिया दिनुहोस्