गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्का सदस्यको आचार संहिता, २०७८ जारी गरेकाे छ ।
आचार संहितामा मन्त्रिपरिषद् सदस्यले नेपालको संविधान र प्रचलित कानूनको अधिनमा रही पदीय आचरणको पालना गर्नुपर्ने भन्दै ३० बुदे आचार संहिता, २०७८ जारी गरेकाे हाे ।
प्रदेश सुशासन ऐन २०७६ बमोजिम मन्त्रिपरिषद्का सदस्यको आचारसंहिता, २०७८ सम्बन्धी प्रस्ताव यही साउन ३२ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री कुमार खड्काले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
“मन्त्रिपरिषदका सदस्यहरूले प्रचलित कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्दा सदस्यहरूकाबीचमा आपसी सामनजस्यता कायम राख्दै आफूलाई प्राप्त अधिकारको प्रयोग गर्दै सो अनुरूप पालना गर्नु पर्ने आचरण र व्यवहारलाई व्यवस्थित एवं पारदर्शी बनाई सक्षम र पारदर्शी रुपमा नैतिकता र मर्यादा कायम राखीअसल शासन सञ्चालन गर्न बाञ्छनीय भएकोले आचार संहिता, २०७८ संहिता बनाई जारी गरेको छ” भनी प्रस्तावनामा उल्लेख गरिएकाे छ ।
हेर्नुहाेस जारी गरिएकाे आचार संहिता, २०७८
Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.