नेपाल सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता गराउन माग गर्दै आज पोखरामा हस्ताक्षर संकलन अभियान सञ्चालन भएको छ ।


अखिल नेपाल किसान महासंघ कास्कीद्वारा जिल्ला प्रशासन कार्यालय अघि सहिदचोकस्थित चौतारामा हस्ताक्षर अभियान सञ्चालन गरेको हो ।


बर्षौदेखि खनजोत एवम् उपयोग गर्दै आएका किसान, पुस्तौदेखि एक आना जग्गा पनि नभएका सुकुम्वासीलाई जग्गाको मालिक बनाउने लक्ष्यका साथ काम गरिरहेको आयोग खारेजको विरोधमा हस्ताक्षर संकलनमा गरिएको किसान महासंघ कास्कीका अध्यक्ष रघुनाथ भण्डारीले जानकारी गराए । उनका अनुसार अखिल नेपाल किसान महासंघ केन्द्रीय सदस्यहरू टीका अधिकारी, चुडामणि बराल, शिवजी कोइराला र देवेन्द्रराज शर्मा, भूमि समस्या समाधान आयोगका विज्ञ सुशीला पराजुली, भूमि अधिकार मञ्च कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङ सहितको टोलीले प्रधानमन्त्री समक्ष पु¥याउनका लागि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेललाई संकलित हस्ताक्षर बुझएको हो । हस्ताक्षर बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले हस्ताक्षर सम्बन्धित निकायमा पु¥याइने जानकारी गराए ।

हस्ताक्षर संकलन कार्यक्रमा भूमिहिन, सुकुम्वासी तथा किसानहरूको ठूलो सहभागिता रहेको थियो । सो अवसरमा ११ हजार भन्दा बढीको हस्ताक्षर संकलन गरेर बुझाइएको भण्डारीले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 200 Viewed

प्रतिक्रिया दिनुहोस्