गण्डकी प्रदेश सभामा सत्तारुढ नेपाली कांग्रेस प्रमुख सचेतकमा ओमकला गौतम चयन भएकी छन् । दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गरेका हुन् ।
पहिलेका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल मन्त्रीमा नियुक्तपछि रिक्त पदमा गौतम नियुक्त भएकी हुन् ।
यसैगरी सचेतकमा स्याङ्जाका भवगत्प्रकाश मल्ल नियुक्त भए । सचेतक गौतम प्रमुख सचेतकमा नियुक्तपछि मल्ल सचेतकमा नियुक्त भएका हुन् । कांग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा गण्डकीमा सरकार बनेपछि दलभित्रका पदाधिकारी हेरफेर भएका हुन् ।