देशभर पछिल्लाे २४ घण्टामा थप ३,९१५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २७ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख दुई हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,२३९ पुगेको छ।

बिहीवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार पछिल्लाे २४ घण्टामा १८,५८२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ६,८७४ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

अहिले कुल परीक्षणको २१.०६ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा २,११८ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

सङ्क्रमितमध्ये ३५,५१८ जना घरमा तथा ३,२८० जना संस्थागत आइसोलेशनमा छन्।

अहिले ७३६ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १८६ जना भेन्टिलेटरमा छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 377 Viewed

प्रतिक्रिया दिनुहोस्