पोखरा महानगरपालिका वडा नं. १७ स्थित म्यूजियममार्गमा स्थापना गरिएको नाग मूर्तिको विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको छ ।
स्थानीय धार्मिक व्यक्तित्वको सकृयता एवम् बिभिन्न संघ संस्था, उद्योगी व्यवसायीको सामुहिक प्रयासबाट निर्माण गरिएको नागथानमा पाँच शिर भएका नागले शिवलिङ्गलाई वेरिएको नागमूर्ति स्थापना गरि प्राणप्रतिष्ठा गरिएको हो ।
शिवको महिना साउनको चौथो सोमवारदेखि प्रत्येक दिन बिहान सोडसोपचार विधिवाट पुजा आरधना एवम् साझ धुप आरती सहित शिलामा नाग भगवानलाई आव्हान गरिएको पुजा व्यवस्थापन समितिका संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
अव्यवस्थित एवम् सानो ठाउँमा दुई दशक अघि नागस्थान स्थापना गरि प्रत्येक नागपञ्चमीका अवसरमा पुजा गद्रै आएको बताउँदै पौडेलले भने यस पटक सवैको साथ र सहयोगले नागथानलाई व्यवस्थित गरि विधिपूर्वक पुजा आरधना गर्ने तयारी भई रहेको छ ।
नागमूर्ति सहित पुजा आरधना गर्नेका लागि आवरश्यक ठाउँ, पानी, विद्युत सहितको एक दर्जन जनाको क्षमता भएको नागस्थान निर्माणका लागि कूल दुई लाख तीन हजार ११५ रुपैया खर्च भएको नागथान निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष चेतनदास शर्माले जानकारी दिए ।
नागस्थान निर्माण गर्ने उदेश्यका साथ शुरु गरिएको अभियानमा विभिन्न संघसंस्था एवम् व्यक्तिहरुवाट स्वस्फुर्त गर्नुभएको सहयोगले जहाँ धर्म त्यहा धन भन्ने उखानलाई चरितार्थ गरेको बताउँदै उनले अहिलेसम्म समितिका नाममा कूल तीन लाख ५४ हजार ४०४ संकलन भएको बताए।
“नागथान निर्माण गर्ने अभियान अन्तर्गत विष्णुप्रसाद पौडेले मूर्ती, लिलकाजी गुरुङद्धारा आवश्यक सम्पूर्ण ट्रष्ट, गण्डकी सुनचाँदी पसलका अमर सुनारवाट टायल सहितको खर्च, शुभकामना आमा समुहबाट एघार हजार १११ सहित पाँच हजार भन्दा बढी आर्थिक सहयोग गर्ने ३० विभिन्न संघसंस्था व्यक्ति रहेकाे बताए।
“काम शुरु गरियो आर्थिक संकलन गर्न नसकिने हो की भन्ने चिन्ता लागेको थियो नाग भगवानको शक्तिले ‘त आँट म पु¥याउँछु’ भने जस्तै भयो” उनले भने, “टोल छिमेक तथा सो क्षेत्रमा आउने जो केहीले पनि खोजि खोजि नागको नाममा दान गर्ने दाताहरु आउने क्रम जारी छ ।”
नागेपञ्चमीका अवसरमा भागवत भाष्कर पण्डित कमलनयन गौतमबाट प्रणाप्रतिष्ठा गरिएका नागमूर्तिको भोली विहानै अनावरण गर्ने कार्यक्रम रहेको छ । अनावरण कार्यक्रम पश्चात स्थानीयले आप्mना घर घरको मुल ढोकामा विधिपूर्वक नाग टास्ने कार्यक्रम रहेको समितिका उपाध्यक्ष एकनारायण अर्यालले जानकारी दिए ।
साउन महिनाको शुक्ल पञ्चमीे नागपञ्चमी पर्व परम्परा अनुसार घरको मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरिन्छ । जुन घरमा नागको बास हुन्छ, त्यहाँ लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपुजा गरिने प्रचलन छ ।