उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले बिहीवारबाट काठमाण्डू उपत्यकामा राति आठ बजेपछि अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेका छन्।
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा आएको निरन्तर वृद्धि सँगै काठमाण्डू, भक्तपुर र ललितपुरमा राति आठ बजेपछि सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाइनेछ ।